+
+

बचत फिर्ताको माग गर्दै देशभरका सहकारी पीडित काठमाडौंमा (तस्वीरहरु)

आर्यन धिमाल आर्यन धिमाल
२०८० चैत १ गते १७:२३

१ चैत, काठमाडौं । देशका विभिन्न स्थानबाट भेला भएका सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

उनीहरूले बिहीबार कालिमाटी, गोंगबु नयाँ बसपार्क, शंखपार्क, सिफल चौर र जावलाखेलबाट प्रदर्शन गर्दै भृकुटीमण्डप पुगेर कोण सभा गरेका हुन् । पीडितहरूले ठगी गरेका सहकारीका संचालकहरूलाई कारबाही र बचत गरेको रकम फिर्ता पाउनुपर्ने माग राखेका प्लाकार्ड बोकेका छन् ।

भृकुटीमण्डपबाट पीडितहरू सहकारी विभागतर्फ धर्ना दिन अघि बढेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रवक्ता पुरुषोत्तम कार्कीले विभागमा २४ घन्टा नै धर्ना दिने गरी तयारी गरिएको बताए । करिब ६०१ सहकारी संस्थाका पीडितहरू न्याय माग्न काठमाडौँमा जम्मा भएको कार्कीले जानकारी दिएका छन् ।

तस्वीरहरू: आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?