+
+

सुन तस्करीको अनुसन्धानबारे छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १७:४१

१ चैत, काठमाडौं । सुन तस्करीको अनुसन्धानका सम्बन्धमा छलफल गर्न बोलाइएको संसदीय समितिको बैठक स्थगित भएको छ ।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बिहान ८ बजे सिंहदरबारमा बैठक राखेको थियो । तर शुक्रबार संसद् बैठक बस्ने सभामुखले जानकारी गराएपछि बैठक स्थगित गरिएको समिति सचिवालयले जनाएको छ ।

बिहीबार नै सरकारले सुन तस्करीबारे छानबिन गर्न बनाएको उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यको नेतृत्वमा गएको पदाधिकारी टोलीले ४८५ पृष्ठको प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?