+
+

यो गठबन्धन लामो हिसाबकिताब गरेर बनाइएको हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १८:३०

१ चैत, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धन लामो समयको प्रयासपछि बनाएको भन्दै यो कमजोर नरहेको दाबी गरेका छन् । बिहीबार एमालेको कञ्चनपुर जिल्ला कमिटीको नवौं अधिवेशनको उद्घाटन गर्दै उनले यो गठबन्धन भवितव्यमा नबनेको बताए ।

‘अहिलेको यो गठबन्धन भवितव्य भएर बनेको होइन’, ओलीले भने, ‘राष्ट्रियता बचाउन लामो हिसाब किताब गरेर बनाइएको हो । यो कच्चा हुदैन ।’ ओलीले अहिलेको गठबन्धन रातारात विदेशीले बनाइदिएको भनेर विभिन्न ढंगले कुराकानी चलेको बताउँदै त्यसमा कुनै सत्यता नभएको दाबी गरे ।

कांग्रेस माओवादी गठबन्धन बन्दा कांग्रेसले भुइँ छाडेको र अरुको कुरा सुन्नै छाडेको ओलीले बता । ‘यो गठबन्धन एकै रातमा प्लटाइयो भनिएको छ । के एकरातमा पल्टाउन नपाइने हो र ? उहाँहरुले थाहा पाउदा ढलिसकेको थियो तर पहिलेदेखि थियो ।’

अहिलेको गठबन्धन चीनले बनाइदिएको भन्ने गरिएको बताउँदै उनले अघि भने, ‘यो हामी नेपाली आफैले बनाएको गठबन्धन हो । यति काम गर्न चिन, अमेरिका चाहिदैनन् हामी आफै सक्छौँ ।’ कांग्रेसले सत्ताबाहेक अरु कुनै कुरा नदेखेका कारण नयाँ गठबन्धन बन्दा उसले चाल नपाएको ओलीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?