+
+

कुवेतमा दुर्घटनाबाट मृत्यु भएका नेपालीबारे श्रममन्त्री अर्यालको चासो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १९:३७

१ चैत, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा तीन नेपाली श्रमिकको ज्यान जाने गरी भएको सवारी दुर्घटनाबारे जानकारी लिएका छन् ।

कुवेतस्थित नेपाली दूतावासमा सम्पर्क गरी मन्त्री अर्यालले मृतक श्रमिक र उनका परिवारको विषयमा जानकारी लिएका हुन् ।

दूतावासका अनुसार दुर्घटनामा परी काठमाडौं सानोभर्‍याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगरको मृत्यु भएको हो ।

मन्त्री अर्यालले मृतक श्रमिकको शव नेपाल फर्काउन कुवेतस्थित नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएका छन् ।

दुर्घटनाप्रति गहिरो दुःख प्रकट गर्दै मृतक श्रमिकको परिवारलाई पाउने राहत प्रक्रिया अघि बढाउन समेत उनले निर्देशन दिए ।

कुवेतस्थित नेपाली दूतावासले मृतक श्रमिकले पाउने क्षतिपूर्तिका निमित्त घटनाको प्रकृतिका सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको बताएको छ ।

बुधबार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन नेपाली श्रमिकको घटनास्थलमै ज्यान गएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?