+
+

नेसपा फुटेको होइन माओवादीसँग एकतामा गएको हो : सहअध्यक्ष श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ३ गते १५:०८

३ चैत, काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का सहअध्यक्ष गंगानारायण श्रेष्ठले आफ्नो पार्टी फुटेको नभइ नेकपा माओवादी केन्द्रसँग एकतामा गएको बताएका छन् ।

शनिबार माओवादी केन्द्रसँग पार्टी एकताको सहमति गरेपछि उनले सिंगो नेसपा नै माओवादीसँग एकतामा गएको बताएका हुन् ।

श्रेष्ठले भने, ‘गत मंसिर ६ गतेको केन्द्रीय समिति बैठकबाट पार्टी एकता गर्नका लागि संयोजन समिति बनाइएको थियो । सोही समितिको बैठक बसेर एकता गर्ने निर्णय गरिएको हो । पार्टी फुटेको होइन ।’

पार्टी एकता संयोजन समितिको बैठक विविध कारणले बस्न नसकेको र आज बसेर एकता गर्ने निर्णय गरेको श्रेष्ठको भनाइ छ ।

सहअध्यक्ष श्रेष्ठले दुई पार्टी बीचमा एकता गर्ने भनेर चुनाव अगाडि सहमति भएको र एकताको शर्तसहित आफूहरूले माओवादी केन्द्रको चिह्नमा चुनाव लडेको बताए । उनले भने, ‘पार्टी एकता गर्ने डेढ वर्ष अगाडिको सहमति अहिले कार्यान्वयन हुन लागेको हो ।’

सत्ताको लागि एकता गर्न लागेको भन्नेहरूलाई श्रेष्ठले पार्टी एकताको विरोधी भएको बताए । उनले प्रतिप्रश्न गरे, ‘कानुनी रूपमा हामी माओवादीकै संसदीय दलका सदस्य हौँ । यहाँ कहाँ सत्ताको स्वार्थ जोडियो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?