+
+

महानगरको प्रहरीले ज्यादती गरेको भन्दै ६ दिनदेखि पत्रकारहरु रिले अनशनमा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १२:०५

४ चैत, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरीको कुटपिटबाट घाइते भएका पत्रकारको न्यायका लागि पत्रकारहरू ६ दिनदेखि अनशन बसेका छन् ।

काठमाडौंको सुन्धारामा १६ फागुनमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच भएको झडपको रिपोर्टिङका क्रममा  प्राणमञ्च मासिकका प्रधानसम्पादक पदमप्रसाद पोख्रेल पनि कुटिएका थिए । उनकै न्यायका लागि पत्रकारहरू गत मंगलबारदेखि राष्ट्रिय सभागृहमा रिले अनशन बसेका हुन् ।

पीडित पोख्रेललाई न्याय र क्षतिपूर्तिको लागि श्रमजीवी पत्रकार संघको अगुवाइमा सो कार्यक्रम गरिएको र न्याय प्राप्ति नहुँदासम्म अनशन जारी रहने संघका अध्यक्ष जन्मदेव जैसीले बताए ।

गत सोमबारबाट महानगर प्रमुख बालेन्द्र शाहको कार्यकक्ष रहेको राष्ट्रिय सभागृहको मूलगेटमा अनशन बस्दा पनि महानगरपालिका बेखबर रहनु र नेपाल पत्रकार महासंघले पनि उदासीनता देखाउनु निकै दु:खद् भएको पीडित पदम पोख्रेलले गुनासो गरे ।

घटना भएको तीन साता पुग्दा पनि महानगर प्रशासनले बेवास्ता गरेकोले रिले अनशन थालिएको र न्याय प्राप्ति नहुँदासम्म अनशन जारी रहने अध्यक्ष जैसीले बताए ।

एसपी मनोज लामिछाने नेतृत्वको नगर प्रहरीले कुटपिट र लछारपछारका साथै पोख्रेलसँग भएको ल्यापटप, क्यामेरा, मोबाइल, प्रेस परिचयपत्र र क्यामेरा ब्याग समेत खोसेको थियो ।

२० गते आइतबार श्रमजीवी पत्रकार संगठनको ध्यानाकर्षण पत्र र पदम पोख्रेलको निवेदन बुझ्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले माग सम्बोधन गर्ने बताएका थिए । यतिका दिन बितिसक्दा पनि घटनाको विषयमा महानगर मौन रहेकोले अनशन बस्नु परेको अध्यक्ष जैसीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?