+
+

हाजिर जमानीमा थुनामुक्त भए कञ्चनपुरका २ पत्रकार

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते ८:३७

३ फागुन, धनगढी । विद्युतीय अपराधसम्बन्धी मुद्दामा कञ्चनपुर प्रहरीले पक्राउ गरेका दुई जना पत्रकार छुटेका छन् ।

माउन्टेन टेलिभिजनमा कार्यरत पुष्कर भट्ट र आभाष कुञ्ज दैनिकमा कार्यरत ऐश्वर्या कुँवरलाई प्रहरीले बुधबार राति थुनामुक्त गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हर्षबहादुर चन्दले दुवै जनालाई अनुसन्धानका क्रममा बोलाएका बेला हाजिर हुने गरी आफन्तको जिम्मा लगाइएको जानकारी दिए । ‘उहाँहरुलाई अनुसन्धानका क्रममा बोलाएका बखत हाजिर हुने गरी अनुसन्धान अधिकृतले आफन्तको जिम्मा लगाउनुभएको हो,’ प्रहरी निरीक्षक चन्दले भने ।

पत्रकार भट्ट र कुँवरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सामाजिक सञ्जालमा जथाभावी लेखेर चरित्र हत्या गरेको भन्दै शनिबार पक्राउ गरेको थियो ।

आइतबार जिल्ला अदालतले उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । यो बीचमा प्रहरीले यसै मुद्दामा अन्य चार जनालाई समेत पक्राउ गरेको थियो । उनीहरुलाई समेत हाजिर जमानीमा छोडिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?