+
+

पुष्प खड्का र अञ्जना बराइलीलाई लिएर ‘सिड्नी ब्लुज’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १३:००

काठमाडौं । पुष्प खड्का र अञ्जना बराइलीलाई शीर्ष भूमिकामा लिएर शंकर कार्कीले फिल्म ‘सिड्नी ब्लुज’ निर्देशन गर्ने भएका छन् । यी दुई कलाकारसँग यसैसाता लिखित सहमति भएको प्रेषित विवरणमा उल्लेख छ ।

प्रि–प्रोडक्सन चरणमा रहेको फिल्मको छायांकन जुनदेखि सुरु हुने बताइएको छ । आफ्नो देशको सम्भावना त्यागेर विदेशमा जीवन बिताउने चाहना बोकेका वर्तमान युवाको कथावस्तुमा फिल्म बन्न लागेको हो ।

‘अष्ट्रेलियामा बस्ने युवक जसको जीवन बाहिर देख्दा निकै सुन्दर तर यथार्थमा अन्धकार छ । ती युवकको कथा यो फिल्ममार्फत भन्ने प्रयास गर्नेछु,’ निर्देशक कार्कीले कथाबारे भने ।

छायांकन नेपाल र अष्ट्रेलियामा हुने जनाइएको छ । नेपाली फिल्ममा कमै प्रयोग हुने मिनेचर सेट र प्रोस्थेटिक मेकअपलाई यसमा प्रयोग गर्न निर्माताको तयारी छ ।

अभिनेता खड्काले यो फिल्ममा आफू चार स्वरुपमा देखिने र यसलाई चित्रण गर्नु चुनौतीपूर्ण हुने बताए । किरण घिमिरेको पटकथा, सुशन प्रजापतिको छायांकन र कुटुम्ब ब्याण्डको ब्याकग्राउण्ड स्कोरमा फिल्म बन्न लागेको हो ।

आर्ट मुभिजको प्रस्तुतिमा डी मिडियाको ब्यानरमा बन्ने फिल्मको प्रदर्शन सन् २०२४ को डिसेम्बरमा हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?