काठमाडौं । कथानक फिल्म ‘आशा’ बन्ने भएको छ । विहिबार आयोजित पत्रकार सम्मेलनमा फिल्मसँगै १ माघलाई प्रदर्शन मितिको रुपमा घोषणा गरियो ।
उडान स्टुडियोको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्माण शर्मिला थापाले गर्नेछिन् । राजीव गुरुङको पटकथा र निर्देशन हुनेछ ।
फिल्ममा महेश त्रिपाठी र अन्जना बराइली मुख्य भूमिकामा देखिनेछन् । सशांक मैनाली, सुशील सिटौला, आशान्त शर्मा, कविता रेग्मी, केपिना सिंह र विष्णु मोक्तानको पनि अभिनय हुनेछ ।

महेश र अञ्जनाले पछिल्लोपटक ‘परान’मा जोडीको रोल गरेका थिए । यो फिल्म सर्वकालिन धेरै कमाउने चौंथो नेपाली फिल्म समेत हो ।
जसले गर्दा, ‘आशा’ अझै प्रतीक्षित बन्ने सक्ने अनुमान छ । घोषणा कार्यक्रममा फिल्मको क्रू उपस्थित थियो । निर्माताका अनुसार छायांकन चाँडै सुरु हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4