+
+
Shares

मधेशमा ७ करोडको पोषण सामग्री खरिद प्रकरण : निर्देशनालयले सतर्कता केन्द्रलाई ढाँटेपछि..

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २५ गते १४:३०

२५ असार, जनकपुरधाम । सात करोडको पोषण सामग्री खरिद प्रकरणमा स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेले सर्तकता केन्द्रलाई मन्त्री र सचिवको नाम जोडेर झुटो विवरण पठाएको खुलेको छ । झुटो विवरण पठाएकोमा मधेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशक न्यौपानेलाई स्पष्टीकरण समेत सोधेको छ । मंगलबार निर्देशकसँग स्पष्टीकरण सोधेको मन्त्रालयका सचिव डा. प्रमोद यादवले पुष्टि गरे ।

‘टेण्डर रद्द सम्बन्धी मन्त्रालयले निर्देशन दिएको थियो । तर प्रक्रिया जारी राखेकोबारे सतर्कता केन्द्रले निर्देशनालयसँग स्पष्टीकरण माग गरेको थियो । अनि मन्त्रालयमा मन्त्री र सचिवसँग छलफलको मौखिक निर्देशनको आधारमा प्रक्रिया जारी राखेको स्पष्टीकरणमा व्यहोरा उल्लेख भएको बोधार्थ मन्त्रालयमा पत्र आएपछि जानकारी भयो’, सचिव यादवले भने, ‘हामी चकित भयौं । यसपछि निर्देशनालयको निर्देशकसँग स्पष्टीकरण माग गरिएको छ ।’

निर्देशनालयले जेठ ७ गते सात करोड रुपैयाँको पोषण सामग्री खरिद गर्न टेण्डर निकालेका थियो । विगतमा पनि पोषण कार्यक्रमले औचित्य पुष्टि गर्न नसकेकोले गत जेठ २९ गते निर्देशनालयलाई पत्राचार गर्दै उक्त खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।

तर, मन्त्रालयको निर्देशन अटेर गरी निर्देशनालयले खरिद प्रक्रियालाई निरन्तरता दिएको अनलाइनखबरले खबर सार्वजनिक गरेको थियो ।

यसबारे सतर्कता केन्द्रले मन्त्रालयको निर्देशन विपरीत खरिद प्रक्रिया किन जारी राखेको भनेर निर्देशनालयसँग स्पष्टीकरण माग गरेको थियो । यता निर्देशनालयका निर्देशक मन्त्रालयकै टिप्पणी र निर्देशन पश्चात पोषण सामग्री खरिद प्रक्रिया सुरु गरेको दाबी गरे ।

‘मन्त्रालयले टेण्डर रद्द गर्ने पत्र पठाएपनि पछि पुन: यस विषयमा मन्त्रालयले रद्द गर्न निर्देशन दियो । तर मन्त्रालयमा छलफलको क्रममा जारी राख्न भन्नु भयो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?