१० असार, जनकपुरधाम । मधेशका अर्थमन्त्री युवराज भट्टराई चढ्ने गाडीमा तोडफोड भएको छ । बुधबार बिहान मन्त्री भटराई चढ्ने ज १ झ ४४१ नम्बरको गाडी मधेश भवनको मन्त्रालय अगाडि राखिएको बेला तोडफोड भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक तथा निमित प्रवक्ता मनोज यादवका अनुसार बिहान ११ बजेतिर मन्त्रालय अगाडि पार्किंग गरिएको गाडीमा झण्डा तोडफोड गरेर फालिएको हो ।
स्कारपिओ चढेर आएका एक व्यक्ति मन्त्रीको गाडीमा चारैतिर हेरेर गाडीमा रहेको राष्ट्रिय झण्डा भाँचेर भूइँमा फालेको र कानमा फोन लगाउँदै मन्त्रालय परिसर भित्रसम्म गएका थिए । करिब ती व्यक्ति त्यहाँ ४/५ मिनेटसम्म रहेको सिसीटिभी फुटेजमा देखिएको छ ।
सीसीटीभी फुटेजमा ती व्यक्तिको हाउभाउले योजना बनाएर मन्त्रीमाथि आक्रमण गर्ने उद्देश्यले नै आएको अनुमान रहेको प्रहरीको अनुमान छ ।
घटना पश्चात नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेर मधेश भवनमा ३-४ घण्टासम्म अनुसन्धान गरेका छन् । तर अन्य ठाउँका जडान भएका सिसिटीभी विग्रेको कारण ती व्यक्ति चढेर गएको गाडी नम्बरको पहिचान हुन सकेको छैन ।
अनुसन्धानसँगै खोजी कार्य जारी रहेकाले चाँडै पक्राउ गर्नेतर्फ लागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार मधेशभवन परिसरमा जडान भएका धेरै सिसिटीभी क्यामेर विग्रेकोले घटना हुँदा पनि अपराधी पहिचान गर्न समस्या भएको छ ।

प्रतिक्रिया 4