+
+
Shares

चन्दा र श्रमदान जुटाएर म्याग्दीमा पदमार्ग निर्माण

रासस रासस
२०८० चैत ४ गते १३:४७

४ चैत, म्याग्दी ।  म्याग्दीका स्थानीय युवाले रु १५ लाख चन्दा र तीन महिनासम्म श्रमदान जुटाएर म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ मा दुई किलोमिटर पक्की पदमार्ग निर्माण गरेका छन् ।

बेनी-जोमसोम सडकअन्तर्गत सिरुबारी आर्यघाटबाट रिसिन चौतारीसम्म निर्माण भएको पैदलमार्गलाई विस्तार गरेर चौर-भिरपाटा हुँदै सिरसिरे डाडाँमा रहेको वडा कार्यालयसम्म पुर्‍याउने लक्ष्य छ ।

पदमार्ग निर्माण अभियानका संयोजक सागर केसीले रु १५ लाख २७ हजार सहयोग रकम जुटेको र रु १४ लाख ७७ हजार तीन सय ३३ खर्च भएको बताए ।

‘स्वदेशमा हुनेले श्रमदान गर्नुभएको छ भने विदेशमा हुने गाउँलेले नगद सहयोग गर्नुभयो’, उनले भने, ‘सहयोग रकमबाट निर्माण सामग्री खरिद गरेर स्थानीयवासीको श्रमदान जुटाएर दुई किलोमिटर पक्की सिढीसहितको पदमार्ग निर्माण गरेका छौँ ।’

दाहसंस्कारका निम्ति शव घाटमा लैजाने पदमार्ग जीर्ण र जोखिमयुक्त भएकाले वडा कार्यालयसँग समन्वय गरेर गत पुसदेखि पदमार्ग निर्माण अभियान सञ्चालन भएको थियो । पदमार्ग निर्माणका लागि एक घरबाट पाँच दिनसम्म श्रमदान गरिएको निर्माण समितिका सचिव रवीन्द्र शर्माले बताए ।

उनले भने, ‘पदमार्ग निर्माणमा दैनिक १५ देखि ३० जनाको टोलीले निरन्तर श्रमदान गरेको थियो भने गाउँका आमा समूहहरूले दैनिकरूपमा निःशुल्क खाजाको व्यवस्था गरेको थिए ।’

गाउँको विकासमा सरकारी बजेट मात्र ताकेर बस्नेहरूका लागि पदमार्ग निर्माण खटिएका युवाहरू उदाहरण बनेको रघुगङ्गा गाउँपालिका-२ का वडाध्यक्ष अमृत भण्डारी बताउँछन् ।

पदमार्गलाई विस्तार गरेर वडा कार्यालय पुर्‍याउन चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन भएको जानकारी उनले दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?