+
+

राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ४ गते १४:४८

४ चैत, काठमाडौं । राष्ट्रिय सभा विषयगत समिति सभापतिको निर्वाचन स्थगित भएको छ ।

आइतबार तय भएको निर्वाचन प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन भएपछि स्थगित हुन पुगेको राष्ट्रिय सभाका सचिव डा.सुरेन्द्र अर्यालले जानकारी गराएका हुन् ।

बहालवाला सदस्यको निधनमा संघीय संसद्का सभा तथा समितिका कामकारबाही स्थगित गर्ने संसदीय अभ्यास रहेकाले समिति सभापतिको निर्वाचन स्थगित गरिएको सचिव अर्यालद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

दिगो विकास तथा सुशासन समितिको सभापति र राष्ट्रिय सरोकार तथा समन्वय समिति नेतृत्वविहीन छन् । दुवै समितिको सभापतिका लागि शनिबार मनोनयन दर्ताको समय तोकिएको थियो भने आइतबार निर्वाचनको समय तय भएको थियो ।

दिगो विकास तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी कमला पन्त र राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा एमालेका सोनाम ग्याल्जेन शेर्पाको मात्र उम्मेदवारी परेको छ ।

एकल उम्मेदवारी परेकाले दुवै सर्वसम्मत सभापति चयन हुँदैछन् । स्थगित भएको निर्वाचन सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?