+
+

आईएसएको स्थापनासँग सम्बन्धित सम्झौता संसदमा पेश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १४:००

५ चैत, काठमाडौं । अन्तराष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधि सभामा पेश भएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले सम्झौता पेश गरेका हुन् ।

संसदमा सम्झौता पेश गर्दै उर्जामन्त्री बस्नेतले सौर्य उर्जा प्रविधिहरुको प्रयोग गरी सदस्य राष्ट्रहरुमा उर्जा पहुँच बढाउन, उर्जा सुरक्ष सुनिश्चित गर्न, उर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तनको असर कम गर्न भारत र फ्रान्सको संयुक्त पर्यासको रुपमा आई एस ए स्थापित भएको बताए ।

उनका अनुसार यो सम्झौताबट फाइदा हुने देखी नेपालले समेत हस्ताक्षर गरिसकेको बताए । अनुमोदनका लागि संसदमा पेश गरिएको पनि मन्त्री बस्नेतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?