+
+

बझाङमा उपनिर्वाचन : कांग्रेसबाट अभिषेक सिंहसहित १० जना सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते १९:२०

५ चैत, धनगढी। नेपाली कांग्रेस बझाङले प्रदेशसभा (क) मा हुने उपनिर्वाचनका लागि १० जना आकांक्षीको नाम सिफारिस गरेको छ ।

जिल्ला कार्य समितिले प्रदेशसभा सदस्य उपनिर्वाचनका गाडी दुर्घटनामा ज्यान गुमाएका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहका छोरा अभिषेक सिंहसहितका १० आकांक्षीको नाम प्रदेश समितिलाई सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेमा सत्यराज भण्डारी, बिष्णु कुमार सिहं, जगतप्रसाद जोशी, नन्दकृष्ण जोशी, लोकेन्द्र बहादुर रोकाया, शान्तीकुमारी बोहरा, अर्जुन स्याडाँ र धु्रवराज उपाध्याय, नारायण हमाल रहेका छन् ।

बझाङमा भएको सवारी दुर्घटनामा मन्त्री सिंहको निधन भएपछि निर्वाचन आयोगले अगामी बैशाख १५ गते प्रदेशसभा(क) मा उपनिर्वाचनको मिति तोकेको छ । त्यसका लागि अगामी २४ चैतमा उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?