+
+

जुम्ला रारा अल्ट्रा म्याराथन वैशाख १ मा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते २२:४१

५ चैत, काठमाडौं । कर्णाली स्पोर्ट्स क्लबको आयोजनामा हुने जुम्ला रारा अल्ट्रा म्याराथन आगामी वैशाख १ गते हुने भएको छ ।

सोमबार आयोजकले पत्रकार सम्मेलन गर्दै अल्ट्रा म्याराथनको मिति सार्वजनिक गर्दै तयारी तिव्र भएको जनाएको हो ।

विगत पाँच वर्षदेखि हरेक वर्षमा आयोजना हुँदै आएको रारा अल्ट्रा म्याराथनको यो पाँचौ संस्करण हो ।

यस वर्ष विभिन्न विधा गरी करिव एक हजार जनालाई सहभागी गराउने लक्ष्य लिएको आयोजक कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले जानकारी दिए ।

अल्ट्रा म्याराथन ४९ किमीको हुनेछ । दौड चन्दननाथ भैरवनाथको आँगन, खलंगा बजार, जुम्लाबाट सुरु भई मुगु, रारा तालको हुटु छेउमा अन्त्य हुन्छ ।

४९ किमीतर्फको दौडमा भागलिने सम्पूर्ण खेलाडी तथा व्यवस्थापनमा खटिने सम्पूर्ण कर्मचारीहरुको पाँच लाख बराबरको दुर्घटना विमा पनि गरिने आयोजकले जनाएको छ ।

विगतका  चार वटा प्रतियोगिताहरुमा करिव १८०० को हाराहारीमा जुम्ली, मुगाली मात्र नभएर विभिन्न १८ जिल्लाका साथै  बेलायत, नेदरल्याण्ड, भारत, इटाली, अमेरिकाबाट खेलाडीहरु सहभागी भएका थिए ।

यस्तै लामो दूरीमा सहभागी हुन अनुकूल नहुनेहरुको सहभागिताका लागि विभिन्न उमेर समूहको लागि पनि छोटो दूरीका दौडहरु राखेका छौं ।

गत वर्ष एसिया ट्रेल मास्टर्सको क्यान्डिडेट रेसको रुपमा रहेको रारा अल्ट्रा म्याराथन यस वर्ष एसिया ट्रेल मास्टर्समा समावेश भएको छ । यस पटक जुम्ला रारा अल्ट्रा म्याराथन एसिया ट्रेल मास्टर्सको छनोटको रुपमा समेत रहेको छ ।

यस्तै फ्रान्स स्थित विश्वभरका ट्रेल रेस आयोजकहरुको छाता संस्था इन्टरनेशनल ट्रेल रनिङ एसोसिएसन (आइटिआरए) र विश्वव्यापी रूपमा ट्रेल धावकहरूको स्तर मूल्याङ्कन तथा निर्धारण गर्ने संस्थाको सम्बन्धन प्राप्त भएकाले जुम्ला रारा अल्ट्रा म्यारथन लाई अन्तर्राष्ट्रिय स्तरमा महत्वका साथ हेरिन्छ ।

आइटीआरएको मापदण्ड अनुसारको ‘जुम्ला रारा अल्ट्रा म्यारथन’ पूरा गर्ने सहभागीले आइटीआरएबाट ३ अङ्क प्राप्त गर्नेछन जुन आइटीआरए सम्बन्धित न्युनतम योग्यता गणना हुने अन्तर्राष्ट्रिय ट्रेल रेसमा मान्य हुनेछ ।

यस प्रतियोगिताका विभिन्न विधाहरु गरी ४४ जना जना धावकहरुलाई नगद तथा प्रमाण पत्रद्धारा पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष शाहीले जानकारी दिए ।

यस्तै खुल्ला ४९ किमीतर्फ विजेताले नगद १ लाख प्राप्त गर्नेछन् भने दोस्रोले ७५ हजार र तेस्रोले ५० हजार प्राप्त गर्नेछन् । चौथो र पाँचौ हुनेलाई समान २० हजार प्रदान गरिनेछ ।

अन्य विधाका विजेताहरुले पनि नगद पुरस्कार पाउनेछन् । कुल पुरस्कार राशी ६ लाख ३४ हजार रहेको छ ।

म्याराथनमा सहभागि हुनका लागि सार्क राष्ट्रका धावकहरुका लागि १४ हजार पाँच सय, अन्य देशका धावकहरुका लागि १६ हजार, नेपाली धावकहरुका लागि ७ हजार र स्थानीय धावकहरुका लागि ५ हजार शुल्य तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?