News Summary
Generated by OK AI. Editorially reviewed.- श्री भगवतीले राष्ट्रिय लिग फुटबलमा कांक्रेविहार क्लबलाई ६-० ले पराजित गरेको छ।
- सुजन डंगोलले ८७औं, ८९औं र इन्जुरी टाइमको चौथो मिनेटमा ह्याट्रिक गरेका थिए।
- श्री भगवतीले ८ खेलबाट ८ अंक जोडेर १०औं स्थानमा उक्लेको छ भने कांक्रेविहार १६औं स्थानमा छ।
१६ फागुन, काठमाडौं । सुजन डंगोलले अन्तिम समयमा ह्याट्रिक गरेपछि श्री भगवतीले राष्ट्रिय लिग फुटबलमा शनिबार सुर्खेतको कांक्रेविहार क्लबमाथि फराकिलो जित हात पारेको छ ।
सुजनले राष्ट्रिय लिगकै छिटो ह्याट्रिक गरेपछि दशरथ रंगशालमा श्री भगवतीले कांक्रेविहारलाई ६-० ले पराजित गर्दै लिगमा दोस्रो जित हात पारेको हो । सुजनले छिटो ह्याट्रिक गर्ने क्रममा ८७औं, ८९औं र इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे ।
त्यसअघि दिवस उराउले २६औं र सुरज गुरुङले ३७औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए । कप्तान शिशिर लेखीले ७०औं मिनेटमा गोल गरेका थिए ।
राष्ट्रिय लिगमा दोस्रो जितपछि श्री भगवती ८ खेलबाट ८ अंक जोडेर १०औं स्थानमा उक्लेको छ । कांक्रेविहारको भने यो ८ खेलमा सातौं हार हो । ८ खेलबाट १ अंक मात्र रहेको कांक्रेविहार पूछारबाट दोस्रो (१६औं) स्थानमा छ ।
राष्ट्रिय लिगमा शनिबार विभागीय डर्बीमा एपीएफ एफसी र नेपाल पुलिस क्लबबीच दिउँसो २ बजे खेल हुँदैछ । यस्तै मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेडबीच साँझ ६ बजे खेल हुनेछ । दुव खेल दशरथ रंगशालामै हुनेछ ।
शीर्ष स्थानको एपीएफलाई अंकदूरी फराकिलो बनाउने अवसर छ भने मछिन्द्रलाई दोस्रो स्थानमा उक्लने अवसर छ ।
प्रतिक्रिया 4