+
+

विवादकाबीच सकियो एमाले कञ्चनपुरको अधिवेशन, पदाधिकारी सर्वसम्मत घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ६:३१

६ चैत, धनगढी । नेकपा एमाले कञ्चनपुरको नवौं जिल्ला अधिवेशनले अध्यक्षसहितका पदाधिकारी सर्वसम्मत चयन गरेको छ ।

अध्यक्षमा अहिलेकै कार्यबाहक अध्यक्ष लक्ष्मी बुढा सर्वसम्मत चयन भएका छन् । उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्का चयन भएका छन् ।

अध्यक्ष मण्डलले सोमबार राति सर्वसम्मत घोषणा गरेका पदाधिकारीले राति नै पद तथा गोपनीयताको शपथ लिए । उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा निर्वाचन आयोगका केन्द्रीय सदस्य मनोज खड्काले शपथ खुवाए ।

चैत १ गते सुरू भएको नवौं जिल्ला अधिवेशनमा अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।

चन्दले अधिवेशन प्रतिनिधिको भावना विपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको बताएका थिए ।

चन्द अघिल्लो कार्यकालमा सर्वाधिक मत ल्याएर उपसचिवमा निर्वाचित भएका थिए । चन्दलाई उपाध्यक्ष बनाउनुपर्ने मागकाबीच अघिल्लो अधिवेशनमा जिल्ला कमिटी सदस्यमा हारेका अवस्थीलाई बनाइएको भन्दै विरोध भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?