+
+

पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित वर्षा हुने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ७:१३

६ चैत, काठमाडौं । कोशी  प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा भने मौसम सा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो मधेश प्रदेश र कोशी प्रदेशलगाएत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ ।

पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

बुधबार र बिहीबार पनि देशका पहाडी भू-भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?