+
+

प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते ११:४९
फाइल तस्वीर ।

६ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु हुन ढिलाइ भएको छ । बिहान ११ बजे बोलाइएको बैठक पौने १२ बजेसम्म सुरु हुन सकेको छैन ।

मंगलबार प्रतिनिधि सभामा सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा बोल्ने कार्यक्रम छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा अनुन्धानमा रहेका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्रीको जवाफ माग्दै आएको छ । यी लगायतका विषयमा प्रधानमन्त्रीले जवाफ दिनेछन् ।

मंगलबार नै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ ।

अर्थमन्त्री वर्षमान पुनले भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र प्रि-बजेट छलफल जारी रहने पनि कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?