+
+

आठ महिनामा बढी आयात भए यी १० वस्तु

भन्सार तथ्यांक अनुसार फागुनसम्म सबैभन्दा धेरै विदेशी मुद्रा डिजेल आयातमा विदेशिएको छ । कुल ८ लाख ४३ हजार १ सय ७० किलोलिटर डिजेल आयात गर्दा ८८ अर्ब ८८ करोड रुपैयाँ विदेशिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १७:४६

६ चैत, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को आठ महिनासम्म नेपालले १० खर्ब ३० अर्ब रुपैयाँ माथिको वस्तु आयात गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा पेट्रोलियम पदार्थको देखिन्छ ।

भन्सार तथ्यांक अनुसार फागुनसम्म सबैभन्दा धेरै विदेशी मुद्रा डिजेल आयातमा विदेशिएको छ । कुल ८ लाख ४३ हजार १ सय ७० किलोलिटर डिजेल आयात गर्दा ८८ अर्ब ८८ करोड रुपैयाँ विदेशिएको छ ।

दोस्रो स्थानमा पेट्रोल छ । यस अवधिमा ४ लाख ५० हजार ५१ किलोलिटर पेट्रोल आयात भएको छ । जसको मूल्य ४४ अर्ब ६३ करोड देखिन्छ ।

खाना पकाउने ग्याँस (एलपीजी) आयात तेस्रो स्थानमा छ । आठ महिनामा ३४ करोड ७२ लाख ३८ हजार ९ सय २२ किलो ग्याँस आयात भएको छ । यसको मूल्य ३५ अर्ब ८७ करोड रहेको छ ।

चौथो र पाँचौं स्थानमा फलाम आयात रहेको छ । स्पन्ज आइरन आयात आठ महिनामा ५४ करोड १० लाख ९८ हजार ९ सय ३७ किलो भएको छ । जसका लागि २५ अर्ब ९१ करोड विदेशिएको छ ।

पाँचौं स्थानमा एचआर सिट आयात छ । यस अवधिमा कुल २८ करोड ४० लाख ४९ हजार ५ सय ५१ किलो आयात भएको छ । यसका लागि २४ अर्ब ४७ लाख रुपैयाँ विदेशिएको भन्सार विभागको तथ्यांक छ ।

त्यस्तै छैटौं स्थानमा स्मार्टफोन छ । समीक्षा अवधिमा १२ लाख ४९ हजार ४ सय ८१ थान स्मार्टफोन नेपाल भित्रिएको छ । जसका लागि १९ अर्ब ३७ करोड विदेशिएको छ ।

सातौं स्थानमा औषधि परेको छ । आठ महिनामा ९५ लाख ९० हजार ६ सय १ किलो औषधि आयात भएको छ । जसका लागि १७ अर्ब ९६ करोड विदेशिएको छ ।

आठौं स्थानमा सुन रहेको छ । आठ महिनामा १९ लाख १ हजार ८ सय ग्राम सुन आयात भएको छ । यसका लागि १६ अर्ब १२ करोड रुपैयाँ विदेशिएको छ ।

नवौं स्थानमा कोइला छ । यस अवधिमा ९० करोड १४ लाख किलो भित्रिएको छ । जसको मूल्य १५ अर्ब ३८ करोड देखिन्छ ।

१० औं स्थानमा हवाई इन्धन (एटीएफ) देखिएको छ । कुल १ लाख २७ हजार ४ सय ७८ किलोलिटर एटीएफ भित्रिँदा १३ अर्ब ७५ करोड विदेशिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?