+
+

रिजवानले तोडे कोहली र बाबरको विश्वकीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १३:१६

९ वैशाख, काठमाडौं । पाकिस्तानका शीर्षक्रमका ब्याटर मोहम्मद रिजवानले आफ्ना कप्तान बाबर आजम र भारतीय क्रिकेटर विराट कोहलीको विश्व कीर्तिमानलाई तोडेका छन् ।

दोस्रो टी२० आई खेलमा शनिबार राति न्युजिल्यान्डलाई ७ विकेटले हराउन रिजवानले ४५ रन जोडेका थिए ।

रिजवान टी२० आईमा ३ हजार सर्वाधिक छिटो ७९ इनिङमा पूरा गर्ने खेलाडी बनेका छन् । उनले कोहली र बाबरको समान ८१ इनिङको कीर्तिमानलाई पछि पारेका हुन् ।

समग्रमा टी२० आईमा ३ हजार रन पूरा गर्ने विश्वको आठौं ब्याटर बनेका छन् । यसअघि विराट कोहली, बाबर आजम,  अष्ट्रेलियाका आरोन फिन्च (९८), डेविड वार्नर (१०२), न्युजिल्यान्डका मार्टिन गुप्टिल (१०१), भारतका रोहित शर्मा (१०८) र आयरल्यान्डका पल स्टर्लिङ (११३) इनिङमा पूरा गरेका थिए ।

२०१५ मा बंगलादेशविरुद्ध टी२० आईमा डेब्यू गरेका उनले १ शतक र २६ अर्धशतकसहित कुल ३ हजार २६ रन बनाई सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?