+
+
Shares

ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता

प्रहरीले मुद्दा चलाउन सिफारिस गरेका सुशीललाई उन्मुक्ति

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १३:१३
हत्या आरोपमा पक्राउ परेकाहरु

९ वैशाख, काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

फागू पूर्णिमाको राति ढोलाहिटीको डी–पोपिना होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको हत्या भएको थियो ।

दुई युवकको हत्या आरोपमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भई ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छा घर भई ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२घर भई ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई र तेह्रथुमको म्याङ्लुङ नगरपालिका–८ घर भई खुमलटार बस्ने ३२ वर्षीय राजु गुरुङसहित पाँच जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।

मुद्दा दर्ता भएकामध्ये सुलभलाई हत्यामा प्रत्यक्ष संलग्न नभई सहयोगी भूमिकामा रहेको भनिएको छ । हत्या भएपछि प्रहरीलाई खबर गर्नुको साटो रगत पखालेर प्रमाण नष्ट गर्ने काम गरेको आरोप सुलभमाथि लगाइएको छ । सहयोगी भूमिका (मतियार)लाई मुख्य अभियुक्तलाई हुनेको आधा सजाय मात्र हुन्छ । सुलभ झडप भएको रेष्टुरेन्ट डी–पोपिनाका एक सञ्चालक समेत हुन् ।

बाँकी चार जनालाई कर्तव्य ज्यानको कसुरमा मुलुकी अपराध संहिताको दफा १७७ को कसुर गरेको अभियोगमा जन्मकैदको सजाय मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

डी–पोपिनाका अर्का सञ्चालक विजयलाई भने जन्मकैदको साथै थप सजाय पनि मागदाबी गरिएको छ । उनी यसअघि लागु औषधको कसुरमा दुई वर्ष जेल बसेर छुटेका पटके अपराधी भएका कारणलाई उनलाई संहिताको दफा ४४ अनुसार थप सजाय मागदाबी गरिएको छ ।

अपराध संहिताको उक्त दफामा कुनै कसुरमा सजाय भुक्तान गरेको पाँच वर्षभित्र अर्को कसुर गरेमा त्यस्तो कसुर वापत हुने सजायको बढीमा आधासम्म थप सजाय हुनसक्ने उल्लेख गरिएको छ ।

यस घटनामा प्रहरीले दिपु्रङ चुइचुम्मा गाउँपालिका–१ घर भएका २५ वर्षीय सुशील राईलाई पनि प्रतिवादी बनाउन राय दिएको थियो । तर जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले भने उनलाई प्रतिवादी बनाएन ।

हत्याका अभियुक्त भगाउन सुशीलले मोटरसाइकलको चाबी दिएको भन्दै प्रहरी वृत्त चापागाउँले मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन पेश गरेको थियो । तर सरकारी वकिल कार्यालयले भने सुशीललाई उन्मुक्ति दिँदै बाँकी पाँच जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

हत्या हुनुअघि नै मोटरसाइकलको चाबी दिएको खुलेको भन्दै सुशीललाई प्रतिवादी नबनाइएको सरकारी वकिल कार्यालयले उल्लेख गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?