+
+

टिभी कार्यक्रम बन्द गरेका मुन्द्रेले साइन गरे फिल्म ‘कार्साङ’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १३:०७

काठमाडौं । गत साता टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ बन्द गरेपछि हास्य कलाकार जितु नेपालले अब फिल्ममा लाग्ने बताएका थिए । खर्च धान्न मुस्किल भएको भन्दै उनले शो बन्द गर्ने निधो गरेका थिए ।

त्यसबेला अनलाइनखबरसँग कुरा गर्दै उनले आफूसँग दुई फिल्म लाइनअपमा रहेको बताएका थिए । अब भने उनको फिल्म तयारीलाई लिएर नयाँ खबर छ । जितुले केही दिनअघि दयाहाङ राई स्टारर फिल्म ‘कार्साङ’मा साइन गरेका छन् ।

उनको भूमिकालाई लिएर विस्तृत खुलाइएको छैन तर उनी औपचारिक रुपमै फिल्ममा जोडिएका छन् । यो फिल्ममा यसअघि दयाहाङसहित बुद्धि तामाङ, माओत्से गुरुङ, पुष्कर गुरुङ, दीया मास्के, छिरिङ शेर्पा तय भइसकेका छन् ।

शेर्पा समुदायको कथावस्तुमा आधारित हुने यो फिल्मलाई याम शेर्पाले निर्देशन गर्दैछन् । अर्को सातादेखि सिन्धुपाल्चोक क्षेत्रमा फिल्म छायांकन गर्ने तयारी छ ।

‘कार्साङ’पछि जितु दिनेश डीसीले निर्देशन गर्न लागेको एक फिल्म व्यस्त हुनेछन् । जितुको पछिल्लो फिल्म ‘ह्यारीकी प्यारी’ गत वर्ष रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?