+
+

एकै व्यक्ति एकभन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १४:४९

८ चैत, काठमाडौं । एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने भएका छन् ।

अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ लाई संशोधन गरी यस्तो व्यवस्था राख्ने प्रस्ताव गरेको हो । प्रचलित ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा वित्तीय संस्थामा संचालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा संचालन हुन सक्ने व्यवस्था छ ।

‘…जुनसुकै कुरा लेखिएको भएता पनि कुने बैंक वा वित्तीय संस्थामा सञ्चालक रहेको व्यक्ति पूर्वाधार विकास बैंकमा सञ्चालक हुन भने यस व्यवस्थाले बाधा पु¥र्याएको मानिने छैन’ प्रचलित ऐनको दफा १४ को उपदफा २ को ‘घ’ मा उल्लेख छ ।

यो व्यवस्थालाई पुरै हटाउने प्रस्ताव अर्थमन्त्रालयको छ । प्रचलित व्यवस्था हटाउनुपर्ने कारणमा अर्थमन्त्रालयले भनेको छ, ‘कुनै पनि एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन नपाउने व्यवस्थ गर्न आवश्यक भएकोले ।’

प्रस्तावित विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । प्रस्तावित संशोधन प्रस्तावलाई संसदले स्वीकार गरेको खण्डमा एकै व्यक्ति एक भन्दा बढी वित्तीय संस्थाको सञ्चालक हुन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?