+
+

यी हुन् सेयर कारोबार गर्न फागुनमा रुचाइएका प्रमुख कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते ९:५२

९ चैत, काठमाडौैं । नेपाल स्टक एक्स्चेन्जमा फागुन महिनामा कुल ६१ अर्ब ६८ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भयो । सबैभन्दा धेरै रकमको कारोबार हुनेमा हाइड्रोपावर समूह रह्यो । फागुनमा सो समूहका कम्पनीहरुको मात्रै २३ अर्ब ३९ करोड रुपैयाँको कारोबार भयो ।

हाइड्रोपावरपछि उत्पादन समूहका कम्पनीहरुको कारोबार उच्च छ । सो समूहका कम्पनीहरुको ७ अर्ब २३ करोड रुपैयाँ बराबरको कारोबार भयो । वाणिज्य बैंकमा सबैभन्दा धेरै कारोबार एनआईसी एसियाको ९५ करोड २३ लाखको भएको छ । एनआईसीपछि नबिलको ५२ करोड ५९ लाख र कुमारीको २८ करोड १९ लाखको भइ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

विकास बैंकमा सबैभन्दा धेरै कारोबार भएको कम्पनी हो– साइन रेसुङ्गा विकास बैंक । फागुनमा विकास बैंक समूहको कुल २ अर्ब ३० करोडको कारोबार हुँदा साइनको मात्रै ३० करोड ३१ लाखको भयो । साइनपछि क्रमशः कामना सेवाको २४ करोड ८ लाख र गरिमाको २२ करोड ९३ लाखको भएको छ ।

त्यस्तै फाइनान्स समूहमा सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनी हो– गोर्खाज फाइनान्स । फाइनान्स समूहको कुल ४ अर्ब ३ करोडको कारोबार हुँदा गोर्खाजको मात्रै १ अर्ब १४ करोडको कारोबार भयो । यसपछि नेपाल फाइनान्सको ५७ करोड ११ लाख र आईसीएफसी फाइनान्सको ३२ करोड ६४ लाखको कारोबार भयो ।

हाइड्रोपावर समूहमा सबैभन्दा धेरै रकमको कारोबार भएको कम्पनीमा जोशी हाइड्रोपावर छ । यस समूहको कुल २३ अर्ब ३९ करोडको कारोबार हुँदा जोशीको १ अर्ब ४६ करोडको कारोबार भयो । दोस्रोमा रहेको ङादी ग्रुपको १ अर्ब ५ करोड तथा तेस्रोमा रहेको मोलुङ हाइड्रोपावर कम्पनीको ९९ करोड १९ लाखको कारोबार भएको छ ।

लगानी समूहका कम्पनीहरुको कुल ३ अर्ब १६ करोडको कारोबार भएकोमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको ९९ करोड ११ लाखको कारोबार भयो । त्यस्तै हाथवेको ९० करोड ४८ लाख र नागरिक लगानी कोषको ४४ करोड ५४ लाखको कारोबार भयो ।

जीवन बीमा समूहका कम्पनीहरुको ४ अर्ब १७ करोडको कुल कारोबार भएकोमा सन नेपाल लाइफको सबैभन्दा धेरै ९३ करोड ३४ लाखको कारोबार भएको छ । हिमालयन लाइफ इन्स्योरेन्सको ५० करोड ९५ लाखको कारोबार भयो भने एसियन लाइफको ४५ करोड ६ लाखको कारोबार भयो ।

त्यस्तै उत्पादन समूहका कम्पनीको कुल ७ अर्ब २३ करोडको कारोबार भएकोमा सोनापुर मिनरल्सको सबैभन्दा धेरै २ अर्ब ६२ करोड, शिवम् सिमेन्टको २ अर्ब २३ करोड तथा हिमालयन डिस्टलरीको ९७ करोड ४४ लाखको कारोबार भयो ।

माइक्रोफाइनान्स समूहका कम्पनीहरुको कुल ३ अर्ब ६ करोडको कारोबार भयो । जसमा सीवाईसी लघुवित्तको सबैभन्दा धेरै २१ करोड ७९ लाख, छिमेक लघुवित्तको १५ करोड ९१ लाखको कारोबार भयो भने उन्नति सहकार्यको १३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भयो ।

निर्जीवन बीमा समूहका कम्पनीहरुको २ अर्ब ५४ करोडको कारोबार भएकोमा आईजीआई प्रुडेन्सियलको सबैभन्दा धेरै ४७ करोड ६१ लाखको कारोबार भयो । नेपाल इन्स्योरेन्सको ४१ करोड ९ लाख र सानिमा जीआईसीको ३१ करोड ४६ लाखको कारोबार भयो ।

अन्य समूहका कम्पनीहरुको कुल ४ अर्ब ७९ करोडको कारोबार हुँदा हिमालयन रिको सबैभन्दा धेरै २ अर्ब ९९ करोडकाो कारोबार भयो । नेपाल रिइन्स्योरेन्सको ५२ करोड १७ लाख र नेपाल रिपब्लिक मिडियाको ४३ करोड ८ लाखको कारोबार भयो ।

होटल तथा पर्यटन समूहका कम्पनीहरुको कुल १ अर्ब ८ करोडको कारोबार हुँदा सोल्टीको सबैभन्दा धेरै ४२ करोड ३५ लाख, चन्द्रागिरि हिल्सको ३० करोड १७ लाख र सिटी होटलको १४ करोड ४२ लाखको कारोबार भयो ।

फागुनमा सबैभन्दा धेरै रकमको काराेबार भएका विभिन्न समूहका ३/३ कम्पनी 

कम्पनी कारोबार रकम कम्पनी कारोबार रकम
एनआईसी एसिया बैंक ९५ करोड २३ लाख जोशी हाइड्रोपावर १ अर्ब ४६ करोड
नबिल बैंक ५२ करोड ५९ लाख ङादी ग्रुप १ अर्ब ५ करोड
कुमारी बैंक २८ करोड १९ लाख मोलुङ हाइड्रोपावर ९९ करोड १९ लाख
साइन रेसुङ्गा ३० करोड ३१ लाख एनआरएन इन्फ्रास्ट्रक्चर ९९ करोड ११ लाख
कामना सेवा २४ करोड ८ लाख हाथवे इन्भेस्टमेन्ट ९० करोड ४८ लाख
गरिमा २२ करोड ९३ लाख नागरिक लगानी कोष ४४ करोड ५४ लाख
गोर्खाज फाइनान्स ४ अर्ब ३ करोड सन नेपाल लाइफ ९३ करोड ३४ लाख
नेपाल फाइनान्स ५७ करोड ११ लाख हिमालयन लाइफ ५० करोड ९५ लाख
आईसीएफसी फाइनान्स ३२ करोड ६४ लाख एसियन लाइफ ४५ करोड ६ लाख
सीवाईसी लघुवित्त २१ करोड ७९ लाख सोनापुर मिरल्स २ अर्ब ६२ करोड
छिमेक लघुवित्त १५ करोड ९१ लाख शिवम् सिमेन्ट २ अर्ब २३ करोड
उन्नति सहकार्य १३ करोड ९० लाख हिमालयन डिस्टिलरी ९७ करोड ४४ लाख
आईजीआई प्रुडेन्सियल ४७ करोड ६१ लाख हिमालयन रि २ अर्ब ९९ करोड
नेपाल इन्स्योरेन्स ४१ करोड ९ लाख नेपाल रि ५२ करोड १७ लाख
सानिमा जीआईसी ३१ करोड ४६ लाख नेपाल रिपब्लिक मिडिया ४३ करोड ८ लाख

स्रोत : नेप्से

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?