+
+

पूर्वसांसद कार्की प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्ष नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते ११:३६

९ चैत, विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा विन्दिया कार्की नियुक्त भएकी छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वसांसद कार्कीलाई प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

प्रदेशसभाको पहिलो कार्यकालमा कार्की नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी थिइन् ।

२०७८ साल चैत २२ गते प्रदेश खेलकुद विकास बोर्डको उपाध्यक्षमा जिना कार्की नियुक्त भएकी थिइन् । अमेरिका गएपछि उनले तीन महिनाअघि जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । जिनाको राजीनामापछि रिक्त रहेको पदमा मुख्यमन्त्री केदार कार्कीले विन्दियालाई नियुक्त गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

यसैगरी विकास बोर्डको सदस्यमा मदन खड्का र गौरीमान राई नियुक्त भएका छन् ।

शुक्रबारको मन्त्रिपरिषद् बैठकले प्रदेशका प्रत्येक जिल्लाका उत्कृष्ट महिला उद्यमीहरुलाई सम्मान गर्ने निर्णय पनि गरेको छ । १४ वटै जिल्लाका १÷१ जना उत्कृष्ट महिला उद्यमीलाई पुरस्कृत गर्ने निर्णय भएको स्वास्थ्यमन्त्री प्रदीपकुमार सुनुवारले जानकारी दिए ।

बैठकले प्रदेश सरकारले २०८१ सालमा दिने ५ वटा सार्वजनिक बिदा पनि स्वीकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?