+
+

यो साता बजार घट्दा ८ कम्पनीको मूल्य १३ प्रतिशतभन्दा धेरै बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १७:२४

९ चैत, काठमाडौं । गत साता २०८० अंकमा रहेको सेयर बजार यो साता २०४८ अंकमा झरेको छ । यो साता नेप्से १.५३ प्रतिशत घटेको छ । गत साता २.४६ प्रतिशत बढेको थियो । यो साता पाँचै दिन कारोबार भयो । पहिलो दिन आइतबार १०.६२ अंक घटेको नेप्से सोमबार ३ अंक बढ्यो भने मंगलबार ६.२४ घट्यो । बुधबार ३.३४ अंक घटेको बजार बिहीबार १५.३७ ले झरेपछि २०४८ मा कायम भयो ।

कारोबार रकममा खास उतारचढाव देखिँदैन । आइतबार ३ अर्ब ३८ करोड, सोमबार २ अर्ब ८८ करोड, मंगलबार ३ अर्ब ६३ करोड, बुधबार ३ अर्ब ४९ करोडको कारोबार भयो । बिहीबार ४ अर्ब ३१ करोडको कारोबार भयो । बिहीबारको कारोबार रकम बढी देखिनुमा माछापुच्छ्रे बैंकको संस्थापक सेयरको १ अर्ब २१ करोड कारोबार गराइनु हो । यो साता धेरै कारोबार भएका कम्पनीहरूमा  शिवम् सिमेन्ट, गाेर्खाज फाइनान्स, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, पिपुल्स पावर क्रमश अगाडि रहे ।

यो साता पनि माइक्रोफाइनान्समा उच्च वृद्धि
यो साता माइक्रोफाइनान्स समूह सबैभन्दा धेरै ३.८३ प्रतिशत बढ्यो । यो समूह गत साता पनि सबैभन्दा धेरै ७.६६ प्रतिशत बढेको थियो । विगत लामो समयसम्म निराश रहेका यस क्षेत्रका लगानीकर्तामा आश बढाएको छ ।

बुधबार माइक्रोफाइनान्स समूहको सूचक साउन ८ गतेयताकै उच्च (४०६३ अंकमा) विन्दुमा पुगेकोमा बिहीबार भने केही घट्यो । यो साता १३ प्रतिशतभन्दा धेरै मूल्य बढेका ८ कम्पनीमध्ये ४ वटा माइक्रोफाइनान्स मात्रै रहे ।

गत मंसिर महिनामा यो समूहको सूचक निकै तल झरेको थियो । खासगरी केही समूहले माइक्रोफाइनान्स कम्पनीहरु नै खारेज गर्नुपर्ने, ती कम्पनीबाट लिएको ऋण नतिर्ने, ऋण उठाउन आउने कर्मचारीलाई हातपात गर्ने जस्ता घटनाले माइक्रोफाइनान्सका लगानीकर्ता चरम निराशामा थिए । अर्कोतर्फ लघुवित्त कम्पनीहरुको वित्तीय विवरण पनि सन्तोषजनक देखिएको थिएन ।

कतै माइक्रोफाइनान्स कम्पनीहरु नै धरासयी हुने हुन् कि भन्ने शंसयले लगानीकर्तामा छाएको निराश समूहको सूचकमा देखिएको थियो । तर मूल्य अति नै घटेको मौकामा सेयर खरिद बढ्न थाल्यो, लघुवित्त विरुद्धका घटनाक्रम केही कमी हुन थाल्यो र अन्ततः सरकार र संघर्ष समितिबीच वार्ता सहमतिमा टुंगियो ।

त्यसकारण गत साता उच्च दरमा बढेको यो समूह यो साता पनि बढ्न गयो । तर अन्तिम कारोबार दिन बिहीबार यो समूहको सूचक घटेकाले आगामी केही दिन घट्न पनि सक्नेछ । यो साता माइक्रोफाइनान्सका अलवा फाइनान्स र विकास बैंक समूहको सूचक पनि बढे । अरु सबै समूहका सूचक घटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?