+
+

‘महाजात्रा’का कलाकारले दर्शकसँगै मनाए होली

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १५:१७

काठमाडौँ । फिल्म ‘महाजात्रा’ले आइतबार दर्शकसँगै होली सेलिव्रेसन गरेको छ । दरबारमार्गमा आयोजित समारोहमा फिल्मका कलाकारले नाचगान र रङ साटासाट गर्दै फागुपर्व मनाए ।

फिल्मका प्रमुख कलाकार रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, बिपिन कार्की लगायतले दर्शकसँगै होली मनाए । निर्देशक प्रदीप भट्टराईले पनि उनीहरुलाई साथ दिए ।

शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्मको प्रवद्र्धन रिलिजपछि पनि कायमै छ । शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको यो फिल्मले पहिलो सप्ताहन्त घरेलु बक्स अफिसमा उत्साहजनक डेब्यु गरेको छ ।

वितरण कम्पनी डिजिटल सिनेमा नेपालले यो फिल्मले शुक्रबार र शनिबार ३ करोड ६ लाख ग्रसको कमाइ गरेको आँकडा सार्वजनिक गरेको छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्मलाई म्याक्स दिपेश खत्रीले निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?