+
+

बिहारमा निर्माणाधिन पुल भत्किंदा १ जनाको मृत्यु, १० घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते १६:४६
Photo Credit : बीबीसी

११ चैत, काठमाडौं । भारतको बिहारमा कोशी नदीमाथि बनिरहेको पुल भत्किंदा १ जना कामदारको मृत्यु भएको छ ।

शुक्रबार बिहान सुपौल जिल्लामा कोशी नदीमाथि निर्माणाधिन पुल भत्किंदा थप १० कामदार घाइते भएको बीबीसीले जनाएको छ ।

भत्किएको पुलमुनि निर्माण सामग्री ओसार्ने एउटा गाडी भेटिएको छ । प्रहरीले घटनाबारे छानबिन भइरहेको बताए पनि स्थानीयबासीले अरु कामदार पुरिएको हुनसक्ने आशंका गरेका छन् ।

पुल नहुँदा कोशी नदी पार गर्न हिउँदमा बाँसको पुल र बर्खामा डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता छ । निर्माणाधिन पुल सम्पन्न भएपछि मधुवनी र सुपौलबीचको दुरी करिब ३० किलोमिटर घट्ने बताइएको छ ।

बिहारमा पछिल्लो ४ वर्षमा मात्रै १० निर्माणाधिन पुल भत्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?