+
+

मण्डनदेउपुरमा ब्रह्मायणीको रथयात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १३:२५

१३ चैत, काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकामा ब्रह्मायणीको रथयात्रा गरिएको छ ।

नगरपालिकाको वडा नं ५ मा रहेको उक्त मन्दिरबाट ब्रह्मायणीको मूर्तिलाई वडा नं  ६ स्थित गैरीबिसौना माइपाटीमा राखिएको हो । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिनदेखि सुरु हुने रथ यात्रा तीन दिनसम्म चल्नेछ ।

स्थानीय चुडामणि डोटेलका अनुसार रथ तानेको दिन सूर्यास्तपछि खाना खान नहुने भन्ने मान्यता छ ।

‘ब्रह्मायणी माईलाई गहना लगाएर, शृङ्गार गरी भजन कीर्तन गाएर बाजा बजाई अन्माउने गरिन्छ । माईलाई बेहुली झैं सजाएर मन्दिर परिसरबाट रथ यात्रा सहित गैरीबिसौनस्थित माइतीघर माइपाटीमा ल्याउने चलन छ’, उनले भने ।

त्यसको भोलिपल्ट रातको १२ बजे पुन रथ यात्रा गरी घुमाउने भन्ने ठाउँमा लगिन्छ । यो ठाउँ ब्रह्मायणीको मावली मानिन्छ । ब्रह्मायणी माइको उत्पत्ति १४०८ सालको भदौमा महिनामा दुलालहरूको बसोबासस्थलमा भएको जनविश्वास छ ।

ब्रह्मायणी माइको उत्पत्ति भएको स्थानमा दुलाल परिवारको घर थियो । दुलाल परिवार त्यसपछि त्यहाँबाट स्थानान्तरण भई केही तल भदौरेमा बस्न थाले । सो स्थानमा मन्दिर बनाई ब्रह्मायणी माइको स्थापना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?