+
+

अवैध संरचनामा इटहरी उपमहानगरको डोजर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १३:४९

१३ चैत, विराटनगर । खोला र पैनी मिचेर बनाइएका अवैध संरचनामा इटहरी उपमहानगरपालिकाले डोजर चलाएको छ ।

खोला र पैनीको जग्गा मिचेर निर्माण भएका संरचना हटाउन यसअघि उपमहानगरले सूचना जारी गरेको थियो । नहटाएपछि मंगलबारबाट डोजर चलाउन सुरु गरेको हो ।

इटहरीस्थित टेंग्रा खोलाको सिरानबाट खोला अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सुरु गरेको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । अतिक्रमण गर्नेले नै संरचना नहटाएपछि उपमहानगर आफैले भत्काउन सुरु गरेको उनले बताए ।

टेंग्रा खोला, खेती खोला र सुकुमारी पैनीको दुवै किनारबाट ६– ६ मिटर छाडेर भवन संरचना बनाउनुपर्ने कानुनलाई आधार मानिएको उनले बताए । खोला पैनीको दुवैतर्फ ६– ६ मिटर नछोडिकन बनेका संरचना भत्काउन थालिएको उनकाे भनाई छ ।

बर्खाको बेला सामान्य पानी पर्दा पनि इटहरी डुबानमा पर्ने गरेको छ। पैनी र खोलाको क्षेत्र अतिक्रमण गरेका कारण परेको पानीको निकास ढिलो हुन्छ । बर्खामा इटहरीमा खोलाको तटीय वस्तीमा बस्नेलाई जोगाउनका लागि अवैध संरचना हटाउन थालिएको पौडेलले बताए ।

इटहरी उपमहानगरपालिका भित्र २० वटा वडा रहेका छन्। तीमध्ये ३, ४, ९, १०, ११ र १२ नम्बर वडा बाढीबाट धेरै प्रभावित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?