+
+

८ महिनामा आयो साढे १ खर्ब लगानी प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १८:२६

१४ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिना (साउन–फागुन) मा साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता (प्रस्तावित) आएको छ ।

उद्योग विभागका अनुसार फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबेका कुल लगानी प्रतिबद्धता आएको हो ।

उद्योग विभागका अनुसार फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

यस वर्ष लगानी प्रतिबद्धता गत वर्षको यसै अवधिको तुलनामा वृद्धि भएको छ । अघिल्लो वर्षको फागुनसम्म १ अर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता भने २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षै फागुनसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो ।

विभागका अनुसार यस वर्ष फागुनसम्म स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ठूला उद्योगको संख्या ३२ रहेको छ ।

मझौला उद्योग २२ र साना उद्योगको दर्ता २०४ रहेको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका स्वदेशी उद्योगले १८ हजार १५३ रोजगारी दिन सक्ने तथ्यांकमा उल्लेख छ ।

विदेशी लगानी तर्फ फागुनसम्म कुल २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले १३ हजार १६९ रोजगारी सिर्जना गर्न सक्ने देखिएको छ । वैदेशिक लगानी फागुन महिनामा मात्र ६ अर्ब ४७ करोड आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?