+
+

‘मनसरा’को पुरस्कार रकम बेवारिसे कुकुरको उद्धारमा दिने सोमपालको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते १५:०२

काठमाडौं । क्रिकेटर सोमपाल कामीले आयरल्याण्ड ए विरुद्धको दोस्रो टी–२० अभ्यास खेलमा ‘प्लेयर अफ द म्याच’ भएबापत प्राप्त नगद पुरस्कार पशु उद्धारसम्बन्धी सामाजिक संस्थालाई हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

उनलाई पुरस्कारबापत ७ हजार ५०० रुपैयाँ फिल्म ‘मनसरा’का निर्माता तथा छायांकार शैलेन्द्र डी कार्कीले प्रदान गरेका थिए । उक्त रकम सयौं बेवारिसे र सडक कुकुरलाई आश्रय दिंदै आएको सामाजिक संस्था श्रीज् एनिमल रेस्क्युलाई प्रदान गर्ने घोषणा सोमपालले फेसबुकबाट गरेका छन् ।

साथै, उनले वर्षाको समयमा आफू वरपर सडक र बेवारिसे कुकुर देखेमा खाना खुवाउन र आश्रय दिनसमेत आग्रह गरेका छन् ।

फिल्मको कुरा गर्दा उपेन्द्र सुब्बा निर्देशित दोस्रो कथानक फिल्म ‘मनसरा’ वैशाख २१ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?