+
+
Shares

इजरायलको कृषि क्षेत्रमा म्यानपावरबाट श्रमिक पठाउन रोक

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते २०:१२

१४ चैत, काठमाडौं । सरकारले इजरायलको कृषि क्षेत्रमा मेनपावर कम्पनीहरुबाट कामदार पठाउने भर्ना प्रक्रिया स्थगित गरेको छ । इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा अध्ययन भइरहेको भन्दै म्यानपावर कम्पनीहरुबाट इजरायलका लागि कामदार भर्ना प्रक्रिया स्थगित गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो ।

नेपाल सरकार र इजरायल सरकारबीच श्रम सम्झौता अनरुप बीटूबी माध्यमबाट इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा नेपालबाट सहायक कामदारहरु पठाउँदै आइएको थियो । विभागले एक सूचना जारी गर्दै हाल बीटुबीको माध्यमबाट इजरायलको कृषि क्षेत्रमा कामदार लैजाने विषयमा मन्त्रालयबाट पुनरावलोकनका लागि समिति गठन भएर अध्ययन भइरहेको समेत प्रेस वक्तव्यमार्फत जानकारी दिएको छ ।

विभागका अनुसार यस विषयमा कुनै निर्णय नभएकाले भएमा विभागको वेबसाइटबाट सार्वजनिक रुपमा सूचना प्रकाशन गर्ने बताएको छ । त्यस्तै इजरायलका विभिन्न क्षेत्रमा रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति, संस्था तथा समूहहरुले गैरकानूनी रुपमा रकम उठाउने गरेको सूचना विभागमा प्राप्त भएकाले कृषि क्षेत्र तथा अन्य क्षेत्रका नाममा हुन सक्ने ठगीबाट सचेत रहन विभागले सबैलाई आग्रह गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?