+
+

दिल्लीमा आरजुले गराइन् थाइराइडको शल्यक्रिया

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १२:५१

१५ चैत, काठमाडौं । थाइराइड सम्बन्धी समस्याबाट पीडित नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया भएको छ ।

नयाँदिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा बुधबार उनको शल्यक्रिया भएको हो । शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारोन्मुख रहेको आरजुका स्वकीय सचिव कमल रावलले जानकारी दिएका छन् ।

चिकित्सकको परामर्शअनुसार उनी अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा लेखिएअनुसार आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण भारतको नयाँदिल्लीमा उपचार गराउँदै आएकी थिइन् । यही चैत २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराइ उनी उपचारका लागि दिल्ली गएको र १४ गते हाइपरप्याराथाइरोडिजमको शल्यक्रिया गराएको रावलले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?