+
+

भुवन केसी र मनोज पण्डितबीच सहकार्य हुन लागेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १५ गते १४:१८

काठमाडौं । स्क्रिप्ट डाक्टरको रुपमा पछिल्लो समय चर्चामा रहेका निर्देशक मनोज पण्डितले केही दिनअघि भुवन केसीसँगको फोटो सेयर गर्दै लेखे- ‘सुपरस्टार नेपाली बाबुले नेपाली फिल्म क्षेत्रलाई अर्को रोमाञ्चक सिनेमा दिनुहोला जस्तो छ । आशाको किरण देखियो ।’

उनको यो पोस्टपछि यी दुई फिल्मकर्मीले आगामी प्रोजेक्टका लागि सहकार्य गर्ने चर्चा सुरु भएको छ । यो भेटबारे अनलाइनखबरले भुवनसँग राखेको जिज्ञासामा उनको जवाफ थियो- ‘एउटा रोचक कथामा छलफल गरेका हौं ।’ भुवनले आफूहरुबीच नयाँ प्रोजेक्टमा सहकार्य हुन लागेको संकेत गरे ।

यति मात्र होइन, शीर्षक तय भइनसकेको  नयाँ फिल्ममा भुवन र छोरा अनमोल केसी पनि एकसाथ देखिन लागेको निकट स्रोतहरुले जनाएका छन् । तर यसबारे भुवनले निधो भइनसकेको बताए ।

‘बाबुछोरा सँगै आउने तयारी छ,’ स्रोतले भन्यो । तर भुवनले चाहिं फिल्मको टुंगो लगाएपछि मात्र अनमोल र आफूले सँगै फिल्म खेल्ने टुंगो लाग्ने बताए । यतिबेला भुवनको होम प्रोडक्सन काजल फिल्म्ससँग ‘पारस’ र ‘माइतीघर २’ को लाइनअप छ । यसबाहेक भुवन नयाँ कथामा पनि फिल्म बनाउने सोचमा रहेको स्रोतले बतायो ।

‘अनमोलको करिअरलाई माथि लैजाने सोचमा हुनुहुन्छ भुवनजी । यसका लागि अहिले भइरहेका स्क्रिप्टको लेखन र पुनर्लेखन चलिरहेको छ,’ निकट स्रोतले भन्यो । भुवन कम्तीमा जेठ ११ गते प्रदर्शन तयारीमा रहेको ‘फर्की फर्की’को प्रतिक्रिया बुझ्ने पर्खाइमा छन् । सोहीअनुसार अनमोलको आगामी फिल्मको रुपमा कुनलाई कसरी अघि लैजाने भन्ने सोचमा भुवन देखिन्छन् ।

भुवनले अनलाइनखबरलाई दिएको जानकारीअनुसार जेठपछि मात्र उनको नयाँ फिल्मको छायांकन सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?