+
+

शान्ति प्रक्रियाबारे देउवा र ओलीसँग छलफल गर्दैछु : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १८:०१

१७ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले छलफल गर्न लागेको बताएका छन् ।

शनिबार रिपोर्टस क्लबको २६ औं वार्षिकोत्सव कार्यक्रममा उनले देउवा र ओलीसँग शान्ति प्रक्रिया र संवैधानिक परिषदको विषयमा छलफल गर्ने बताए ।

‘शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन एकातिर केपी ओली, अर्कोतिर शेरबहादुर देउवा राखेर सहमति बनाउनुस् भन्नुभयो । नभन्दै आज अहिले एकातिर शेरबहादुर जी र अर्कोतिर केपी ओलीजी बस्दैछौँ । हामी अहिलेको शान्ति प्रक्रियासँग सम्बन्धित पनि र संवैधानिक परिषद्सँग सम्बन्धित विषयमा पनि गम्भीर छलफल गर्दैछौं’, प्रचण्डले भने ।

आफूले सबै राजनीतिक दललाई राष्ट्रिय सहमति र सहकार्यमा ल्याउन लागेको उनको भनाइ छ । ‘हुनत नेपाली कांग्रेससँग नजिक हुँदा र कहिले नेकपा एमालेसँग नजिक हुँदा नेता साथीहरुलाई नमिठो लागेकै छ । हामीले सहमतिकै आधारमा काम गरिरहेका छौँ । राष्ट्रिय सहमतिको वातावरण बनाउने किसिमले नै हामीले पहल गरेका छौं’, प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?