+
+

उच्च मूल्य रेकर्ड बनाएको सुन आज स्थिर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते ११:२८

१८ चैत, काठमाडौं । उच्च मूल्य रेकर्ड बनाएको सुन आइतबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ३० हजार रुपैयाँमा सुनको कारोबार भएको छ ।

यसअघि शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनको यो मूल्य हालसम्मकै उच्च हो । दुई सातामै सुन तोलाको ५ हजार बढेको छ । चैत ४ गते तोलामा १ लाख २५ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य आइतबार स्थिर रहेको छ । प्रतितोला १ हजार ५२५ रुपैयाँमा चाँदीको कारोबार भएको छ । यसअघि चैत ८ गते चाँदी प्रतितोला १ हजार ५५५ रुपैयाँसम्म पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?