+
+

रूसमा श्रम स्वीकृति खोलिएको भन्दै संसदमा उठ्यो प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १३:१२

१८ चैत, काठमाडौं । रूसमा श्रम स्वीकृति खोलिएको भनी संसदमा प्रश्न उठेको छ । आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न माग गरिन् ।

रूस र युक्रेनको युद्धका कारणबाट हाम्रा युवाहरु मृत्युवरण गरिरहेको कुरा छिपको छैन । ती  सेनामा रहेका युवाहरु फर्काइदेउ भनेर रोदन गरिरहेका छन् ।

यही बेला श्रम मन्त्रालयबाट रोजगारीका लागि जान छुट दिएको कुरा आएको छ’ उनले प्रश्न गरिन्, ‘सरकारले के गर्न खोजेको हो ?’

युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न उले सरकारको ध्यानाकर्षण गराइन्, ‘यस्तो कार्य बन्द गर्नुपर्छ । युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्नुपर्छ । मरे मर तर जाउ भन्न पाइँदैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?