+
+
Shares

मिलन लिम्बूलाई महासचिव पदबाट राजीनामा दिन फोनिजको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते २०:३१

१८ चैत, काठमाडौं । नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)का महासचिव मिलन लिम्बुलाई राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ बाट उम्मेदवारी बनाउने घोषणा गरिसकेको छ। यद्यपि, लिम्बुले फोनिजको पदबाट राजीनामा दिएका छैनन्।

यही विषयमा फोनिजले असन्तुष्टि जनाउँदै लिम्बुलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ। आइतबार अध्यक्ष गजुरधन राईको अध्यक्षतामा काठमाडौंमा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको सचिव समीर बलामीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

संघीयता विरोधी पार्टीको उम्मेदवार बनेको भन्दै पहिचानवादीबाट आलोचना खेप्दै आएका लिम्बूलाई महासचिव पदबाट राजिनामा दिन निर्देशन दिएको फोनिज सचिवालयले जनायो। राजनीतिक आवद्धता त्यागेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका उनी त्यसलगत्तै रवि लामिछाने नेतृत्वको पार्टी प्रवेश गरेपछि फोनिज लगायतका जनजाति समुदायले उनीप्रति रोष प्रकट गर्दै आइरहेका छन्।

आइतवार काठमाडौंमा बसेको फोनिज सचिवालयको आकस्मिक बैठकले मिलन लिम्बूको ठाउँमा समीर बलामीलाई कार्यवाहकको जिम्मेवारी दिएको छ। राजनीतिमा होमिएका व्यक्तिले पत्रकारिताको सांगठनिक पदमा रहन नहुने नीति विपरित लिम्बु भने महासचिवमै छन्।

यसअघि लिम्बूलाई प्रेस सेन्टर नेपालले संगठनविरोधी गतिविधिमा लागेको भन्दै सचिव पदबाट बर्खास्त गरेको थियो ।

हेर्नुहोस् फोनिजको विज्ञप्ति : 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?