+
+
Shares

सिंगटी हाइड्रो इनर्जीको लिलामी सेयरमा भोलिसम्म आवेदन दिन सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १३:०२

१९ चैत, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिनेको भीड लागेको छ ।

आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थानमा भीड लागेको हो ।

सिंगटी हाइड्रो इनर्जीको सर्वसाधारण तर्फ लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन २० चैत अर्थात भोलि मंगलबारसम्म रहेको छ ।

कम्पनीले १२ चैतदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी बोलकबोल मार्फत बिक्री खुल्ला गरेको छ ।

इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड विराटनगर, धरान, विरगञ्ज, जनकपुर, हेटौंडा, नारायणगढ, चिप्लेढुंगा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरीकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?