+
+

केजरीवाललाई १५ दिन न्यायिक हिरासतमा राख्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १३:४९

१९ चैत, काठमाडौं । भारतको अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ ।

राउज रेभेन्यू कोर्टले १५ अप्रिलसम्म केजरीवाललाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो । अब उनलाई तिहाड जेल लगिनेछ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई मदिरासम्बन्धी नीतिमा भ्रष्टाचार गरेको आरोपमा प्रवर्तन निर्देशनालय (ईडी) ले २१ मार्चमा गिरफ्तार गरेको थियो । त्यसयता उनी ईडीको हिरासतमा थिए ।

सोधपुछका क्रममा केजरीवालले सहयोग नगरेको ईडीको आरोप छ । उनले फोनको पासवर्डसमेत नदिएको ईडीका वकिल एसवी राजूले बताए ।

अदालत लगिएको समयमा केजरीवालले भने प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिहेका छन्, त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?