+

धुम्रपान छोड्नासाथ स्वास्थ्यमा कस्तो प्रभाव देखिन्छ ?

२०८० चैत  १९ गते १४:३४ २०८० चैत १९ गते १४:३४
धुम्रपान छोड्नासाथ स्वास्थ्यमा कस्तो प्रभाव देखिन्छ ?

हालै गरिएको एक अध्ययनअनुसार चुरोटमा हुने हानिकारक रसायनले मुटुको कार्यप्रणालीलाई नराम्ररी असर गर्ने जनाएको छ । चुरोटको धुवाँमा विभिन्न किसिमका हानिकारक रसायन हुन्छन्, जुन श्वासप्रश्वासको क्रममा रगतमा मिसिन पुग्छ । यसले कार्डियोमास्कुलर प्रणालीलाई असर गर्छ र रगत जम्ने जोखिम हुन्छ ।

रक्तप्रवाहमा पुग्ने अवरोधका कारण उच्च रक्तचाप र हृदयघातको खतरा बढेर जान्छ । अध्ययनकर्ताका धुम्रपान गर्ने मानिसमा रगतको नली साँघुरो भएर रगतको प्रवाह कम हुन्छ, जसकारण कहिलेकाहीं मस्तिष्कमा रगतको आपूर्ति सहज रूपमा हुन सक्दैन । र, यसले गर्दा स्ट्रोक हुने सम्भावना बढी हुन्छ । त्यसैअनुसार ५० वर्षमुनिका मानिसले दिनमा २० वटाभन्दा बढी चुरोट पिएमा मस्तिष्कघातको जोखिम दुई गुणाले बढ्ने अध्ययनले बताएको छ ।

विश्व स्ट्रोक संगठन (डब्लुएसओ)को तथ्यांकअनुसार धुम्रपानले स्ट्रोकको जोखिम निश्चित रूपमा बढाउने बताइएको छ । चुरोटमा पाइने विषाक्त रसायनले कोषिकालाई क्षति गरेर मुटु पम्प गर्न असहजता सिर्जना गर्छ । जसले स्ट्रोक निम्त्याउन सक्छ । त्यस्तै इ–क्लिनिकल मेडिसिनमा भर्खरै प्रकाशित एक अध्ययनअनुसार धुम्रपान गर्ने मानिसहरूलाई स्ट्रोकको उच्च जोखिम देखाएको छ ।

धुम्रपानले पेटलाई हानि गर्छ ?

धुम्रपानले पेटका लागि पनि उत्तिकै हानिकारक छ । धेरैलाई थाहा नहुन सक्छ । यसले पाचन प्रणालीलाई पनि क्षति पुर्‍याउँछ । धुम्रपान गर्ने बित्तिकै निकोटिन र सुर्ती मुख, घाँटी र पेटमा पुग्छ । यसले कब्जियत, अपच, ग्यास, एसिडिटी, भोक नलाग्ने जस्ता धेरै समस्या निम्त्याउँछ । मधुमेहको जोखिम पनि बढ्छ ।

धुम्रपानबाट हुने अन्य समस्या

धुम्रपानले रगतमा अक्सिजनको कमी हुनुका साथै रगतको प्रवाह पनि कम गर्छ । धुम्रपानले रगतलाई गाढा बनाउँछ, जसले रगत जम्ने जोखिम हुन्छ । जसकारण रक्तचाप बढ्नुका साथै कोलेस्टेरोल पनि बढ्न थाल्छ ।

यसले फोक्सोसँग सम्बन्धित समस्या निम्त्याउनुका साथै मधुमेहको जोखिम पनि बढाउँछ । ब्रोन्काइटिस (श्वासप्रश्वाससम्बन्धी रोग) को साथै यसले घाँटी सम्बन्धित अन्य समस्या पनि निम्त्याउन सक्छ ।

कतिपयले स्वास्थ्यका लागि दिनको एक खिल्ली चुरोट पनि सुरक्षित मानिंदैन । सरल भाषामा धेरै चुरोट पिउनुहुन्छ भने यसले शरीरलाई बढी हानि पुर्‍याउँछ र कम चुरोट पिएमा वा धुम्रपान छोड्न सकेमा यसले स्वास्थ्यलाई कम हानि पुर्‍याउँछ । त्यसैले यदि तपाईंले दिनमा १०–१५ वा २० वटा चुरोट पिउने बानी छ भने यो बानीलाई तुरुन्तै बदल्नुपर्छ । यस्तो अवस्थामा धुम्रपान पूर्णतया छोड्नु लाभदायिक हुन्छ ।

तत्काल स्वस्थ हुने लाभ

धुम्रपान त्याग्न सकेमा तुरुन्तै स्वास्थ्यमा सकारात्मक प्रभाव देखिन थाल्छ । यसले रगतमा कार्बन मोनोअक्साइडको स्तर कम गर्छ । कार्बन मोनोअक्साइड एक किसिमको ग्यास हो । यसले रगतमा रहेको हेमोग्लोबिनबाट अक्सिजनलाई हटाउने काम गर्छ । जसकारण मुटुको धड्कन र रक्तचाप सामान्य हुँदै जान्छ ।

श्वासप्रश्वास प्रणालीमा सुधार

धुम्रपान छाडेको केही हप्ताभित्रै श्वासप्रश्वास प्रणालीमा सुधार हुन थाल्छ । यसले फोक्सोको काममा सुधार गर्छ, जसले सास फेर्न गाह्रो हुने र खोकी लाग्ने जस्ता लक्षणहरूलाई कम गर्छ । यसबाट अन्य संक्रमणको जोखिमलाई पनि कम हुन्छ ।

रोगप्रतिरोधात्मक क्षमता बढ्छ

धुम्रपानले रोगप्रतिरोधात्मक क्षमता प्रणालीलाई हानि गर्छ, तर धुम्रपान छोड्दा प्रतिरक्षा प्रणालीमा सुधार हुन्छ । यसले श्वासप्रश्वासको संक्रमणलाई कम गर्नुका साथै अन्य विभिन्न रोगविरुद्ध लड्ने र सुरक्षा गर्ने काम गर्छ । र, समग्र स्वास्थ्यमा सुधार गर्छ ।

स्वाद र गन्ध सुधार

धुम्रपानले गन्ध र स्वादलाई असर गर्छ, तर धुम्रपान छोडेपछि भने क्षति वा कमजोर भएको इन्द्रियहरू फेरि सक्रिय हुँदै जान्छ । र, वास्तविक पुन स्वाद, गन्ध थाहा पाउन सक्ने हुँदै जान्छ ।

धुम्रपान स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

शेफाली जरीवालाको मृत्युपछि चर्चामा आएको एन्टी-एजिङ उपचार के हो ?

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

उपचार असफलतामा दोषारोपणको अपूर्ण न्याय

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

गर्भाधानका लागि सबैभन्दा उपयुक्त उमेर कुन हो ?

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो)

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

प्रदूषित वायुले गर्भको शिशुलाई गम्भीर असर

गर्भवती भएको कसरी थाहा पाउने ?

गर्भवती भएको कसरी थाहा पाउने ?