+
+

नवौं अमरसिंह कप फुटबल ८ वैशाखदेखि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १७:५४

१९ चैत, काठमाडौं । अमरसिंह क्लबको आयोजनामा अमरसिंह कप फुटबल प्रतियोगिताको नवौं संस्करण आगामी ८ वैशाखदेखि हुने भएको छ ।

प्रतियोगितामा सहभागिता हुन प्रति टिम १२ हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ स्थित सोमतिर्थ खेल मैदानमा हुने प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उपविजताले ५५ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई ५ हजार नगर पुरस्कार र ट्रफी प्रदान गरिने जनाइएको छ ।
त्यस्तै प्रतियोगिताको उच्च गोलकर्ता, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद ३ हजार पुरस्कार र ट्रफी प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?