+
+

बरोडाविरुद्ध नेपालको कमजोर ब्याटिङ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २० गते १५:५९

२० चैत, काठमाडौं । नेपालले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग कमजोर ब्याटिङ प्रदर्शन गरेको छ ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले १३ ओभरमा ५ विकेट गुमाउँदै ८२ रन बनाएको छ । नेपालका सन्दीप जोरा ३ र कुशल मल्ल क्रिजमा छन् ।

अनिल कुमार शाह २७ बलमा २ चौका र १ छक्कासहित २५ रनमा क्याच आउट भए । उनी परिक्षित पाटिदारको बलमा टप एज लागेर आउट भएका थिए ।

कप्तान रोहित पौडेल १३ बलमा ३ चौकासहित १८ रनमा रन आउट हुन पुगे । गुलशन झा १४ बलमा १ चौकासहित १३ रनमा आउट भए ।

त्यसअघि नेपालले ओपनर आसिफ शेख र कुशल भुर्तेललाई ९-९ रनमा गुमाएको थियो । दुबै ओपनर तीव्र गतिका बलर बाबा खानको बलमा क्याच आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?