
२० चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा एक गीतको भिडियो सार्वजनिक गर्दै लिङ्देनले सत्ताकेन्द्रित गतिविधिमा सामेल नहुने बताएका हुन् ।
‘हामीले यो पछिल्लो सत्ता समीकरण बनेपछि स्पष्ट रुपमा भनेका छौं–राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनैपनि प्रकारको गतिविधिमा सामेल हुँदैन’, उनले भने ।
आफूहरु २७ चैतमा काठमाडौंमा हुने प्रदशर्नको तयारीमा लागेको र व्यवस्था परिवर्तन नगरी केही नहुने जिकिर गरे । ‘देशभरबाट आउने हाम्रा शुभेच्छुकहरुको क्रम चलिराखेको छ र चैत २७ गते काठमाडौं ढाक्नेगरी जनसहभागिता हुन्छ । त्यसको तयारी अन्तिम चरणमा छ’, अध्यक्ष लिङ्देनले भने ।
अहिलेको व्यवस्था विकृत भएको भन्दै उनले यसलाई सामान्य सुधारले मात्र नपुग्ने र परिवर्तन नै गर्नुपर्ने बताए ।
प्रतिक्रिया 4