१३ फागुन, कास्की । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको शासन व्यवस्थामा नै समस्या रहेकाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन् । पोखरामा बुधबार आयोजित राप्रपाको चुनावी कोणसभामा बोल्दै अध्यक्ष लिङ्दनेले अहिलेकै व्यवस्था कायम राखेर देश विकास नहुने बताउँदै विकल्पमा राप्रपालाई मत दिन आग्रह गरेका हुन् ।
‘देशमा सुशासन भएन, राजनीतिक दलका नेताहरू भ्रष्टाचारमा रमाए भनेर सबैले भन्दै आएका छन्,’ लिङ्दनले भने, ‘राजनीतिक दल र नेतामा मात्र समस्या होइन, अहिलेको व्यवस्थामा नै समस्या छन्, परिवर्तनका लागि हामीलाई भोट दिनुहोस् ।’
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र अहिलेको नयाँ राजनीतिक दल रास्वपामा समेत कुनै भिन्नता नभएको उनले बताए । ‘गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षताको प्रस्तावक माओवादी हो । पुराना र नयाँ दलले गणतन्त्र, धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन् । यी सबै दलको विकल्प भनेको राप्रपा हो,’ लिङ्देनले भने ।
लिङ्देनले देशको समस्या समाधानका लागि सबैपक्ष मिलाएर नवीन समझदारी आवश्यक रहेको उनले बताए ।
प्रतिक्रिया 4