+
+

शिक्षकको पार्टीसँग सम्बन्ध हुन नदिने कुरामा स्पष्ट छौं : शिक्षामन्त्री श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते १४:२६

२१ चैत, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले शिक्षक, प्राध्यापक र कर्मचारीको पार्टीसँग सम्बन्ध हुन नदिन सबै एकमत र स्पष्ट रहेको बताएकी छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘राजनीतिक दललाई शिक्षालयबाट बाहिर निकाल्ने, शिक्षक, प्राध्यापक र कर्मचारीलाई राजनीतिक दलसँग सम्बन्ध हुन निषेध गर्ने भन्ने कुरामा हामी सबै एकवद्ध छौं । यसको ऐन नै पनि छ । जसमा सबै सर्वसम्मत हुनुहुन्छ’ मन्त्री श्रेष्ठले भनिन् ।

शिक्षा ऐन र राजनीतिक दल सम्बन्धी ऐनमा शिक्षक र कर्मचारीहरूले राजनीतिक दलको सदस्यता लिन नपाउने प्रावधान छ । प्रचलित यो ऐनमा सबै सर्वसम्मत रहेको शिक्षामन्त्री श्रेष्ठले दाबी गरेकी हुन् ।

विद्यार्थी संगठनहरूको पनि दुरुपयोग भएको शिक्षामन्त्री श्रेष्ठ बताउँछिन् । ‘हामीले युवा विद्यार्थीहरूको भातृ संगठन बनायौं । सुरूमा अरू केही उद्देश्य भए पनि अहिले राजनीतिक रूपमा दुरुपयोग भएको सबैलाई जगजाहेरै छ’ मन्त्री श्रेष्ठले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?