+
+

मुख्यमन्त्रीको आग्रहमा सुदूरपश्चिम प्रदेशसभाको बैठक २ घण्टा सारियो

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २२ गते १५:३१

२२ चैत, धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको प्रदेश सभाको बैठक २ घण्टा सारिएको छ ।

मुख्यमन्त्रीको आग्रहमा दिउँसो ३ बजेलाई बोलाइएको बैठक ५ बजेसम्म सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सचिवालयका सूचना अधिकारी युवराज जैशीले बैठक दुई घण्टा सारिएको जानकारी दिए ।

बिहीबारको बैठकबाट मुख्यमन्त्री शाहले विश्वासको मत लिनेछन् तर सत्ता साझेदार नाउपभित्रको विवादका कारण शाहले विश्वासको मत पाउने सम्भावना कम छ ।

नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई अध्यक्ष रञ्जिता श्रेष्ठले कारवाही गरेकी छन् भने श्रेष्ठ निकट कैलाश चौधरी र टीका थापा स‌ंघीय राजधानी काठमाडौंमा छन् ।

मुख्यमन्त्री शाहले उनीहरूलाई फकाएर धनगढी बोलाउने प्रयास गरिरहेका छन्। स्वतन्त्र सांसद डा. तारा जोशी पनि काठमाडौंमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?